कोरोनाबाट २ लाख ८० हजार भन्दा बढीको मृत्यु, कुन देशमा कतिले गुमाए ज्यान ?




काठमाडौं, वैशाख २८
कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर २ लाख ८० हजार भन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरसका ४१ लाखभन्दा बढी संक्रमित भएका छन् ।

कोरोनाबाट झण्डै १४ लाख ३९ हजारभन्दा बढी संक्रमितहरु उपचारपछि निको भएर घर फर्किएका छन् । ४७ हजारभन्दा बढी संक्रमितको अवस्था गम्भीर रहेको छ ।

मृत्यु हुनेको संख्या सबभन्दा बढी अमेरिकामा ८० हजारको मृत्यु भएको छ। अमेरिकामा संक्रमितको संख्या १३ लाख ४७ हजार ३०९ पुगेको छ । २ लाख ३८ हजार ७८ जनालाई मात्र उपचारपछि निको भएको छ । 

सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा ३ लाख ४३ हजार ४०९ जना संक्रमित हुँदा मृतकको संख्या २६ हजार ७७१ पुगेको छ । न्यूजर्सीमा १ लाख ३८ हजार ५७९ जना संक्रमित हुँदा ९ हजार ११८ जनाको ज्यान गएको छ ।

दोस्रो स्थानको स्पेनमा २ लाख ६२ हजार ७८३ जना संक्रमित हुँदा मृतकको संख्या २६ हजार ४७८ पुगेको छ । तेस्रो स्थानको इटालीमा २ लाख १८ हजार २६८ जना संक्रमित हुँदा ३० हजार ३९५जनाको ज्यान गएको छ 

चौथो स्थानको बेलायतमा संक्रमितको संख्या २ लाख १५ हजार २६० पुग्दा मृतकको संख्या ३१ हजार ५८७ पुगेको छ । पाँचौ स्थानको रुसमा १ लाख ९८ हजार ६७६ जना सं्रक्रमित हुँदा मृतक १ हजार ८२७ पुगेको छ । 

छैटौं स्थानको फ्रान्समा १ लाख ७६ हजार ६५८ जना संक्रमित हुँदा २६ हजार ३१० जनाको ज्यान गएको छ । सातौं स्थानको जर्मनीमा १ लाख ७१ हजार ३२४ जना संक्रमित हुँदा ७ हजार ५४९ जनाको ज्यान गएको छ ।

आठौं स्थानको ब्राजिलमा १ लाख ५६ हजार ६१ जना संक्रमित हुँदा १० हजार ६५६ जनाको ज्यान गएको छ । 

नवौं स्थानको टर्कीमा १ लाख ३७ हजार ११५ जना संक्रमित हुँदा ज्यान गुमाउनेको संख्या ३ हजार ७३९ छ । दशौं स्थानको इरानमा १ लाख ६ हजार २२० जना संक्रमित हुँदा ६ हजार ५८९ जनाको ज्यान गएको छ । 

भारतमा मृतकको संख्या २ हजार १०१ पुगेको छ । २४ घण्टामा ११५ जना मृतक थपिएका छन् । हालसम्म भारतमा ६२ हजार ८ सय ८ जना संक्रमित भएका छन् ।

भारत संक्रमितको संख्याको आधारमा विश्वभरमा १४ औं स्थानमा रहेको छ भने मृतकको आधारमा १६ औं स्थानमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News