खुकुरी प्रहार गरि कान्छी श्रीमतीको हत्या



भरतपुर, वैशाख २८
चितवनको खैहरनीका एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन्। खैरहनी नगरपालिका–९ सिमलटाँडीका ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले श्रीमती ३४ वर्षीया मञ्जु अधिकारीको खुकुरी प्रहार गरि हत्या गरेका हुन् ।

घरायसी विवादका कारण शनिबार राति १० बजे खुकुरी प्रहार गरी कृष्णप्रसादले श्रीमतीको हत्या गरेको चितवन प्रहरीका प्रवक्ता एसपी एकनारायण कोइरालले जानकारी दिए।

प्रहरीका अनुसार उनका दुई श्रीमती थिए । दुई श्रीमतीमध्ये हत्या गरिएकी श्रीमती कान्छी हुन् । प्रहरीले कृष्णप्रसादलाई राति नै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News