प्रेमीकाकाे अश्लील भिडियो बनाइ प्रेमीले पठाए आफन्तलाई, युवतीले गरिन् आत्महत्या



काठमाडौं, बैशाख २८
सामाजिक सञ्जाल फेसबुकमा अश्लील भिडियो राखेर आत्महत्या गर्न बाध्य बनाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका-७ का २३ वर्षीय सन्तराम चौधरी छन्।

चौधरीले कैलालीको गौरीगंगा नगरपालिकाकी एक युवतीकाे म्यासेन्जरबाट उनका आफन्त तथा साथीहरुलाई अश्लील भिडियो र फोटा पठाइ आत्महत्या गर्न बाध्य बनाएको प्रहरीले जनाएको छ । प्रेम सम्बन्धमा दरार आएपछि चौधरीले ती युवतीको फेसबुकमार्फत् नै अश्लील भिडियो र फोटाहरु पठाएको पाइएको प्रहरीले जनाएको छ।

अश्लील भिडियो र फोटा आफन्तलाई पठाइएपछि मानसिक तनावमा रहेकी युवतीले कैलाली धनगढी उपमहानगरपालिका–६ जालीस्थित सुकुटी नालामा झुण्डी आत्महत्या गरेकी थिइन्। चौधरीलाई उक्त अश्लील भिडियो, फोटा, र फेसबुक आईडी लगईन अवस्थामा फेलापारी सो मोबाईल बरामद गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News