प्रदेश १ सरकारलाई कृष्णलक्ष्मी-लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठानको सहयोग



काठमाडौं, बैशाख २८
प्रदेश १ सरकारलाई कृष्णलक्ष्मी-लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठानले स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको छ । प्रतिष्ठानले कोरोनो रोगथाम, नियन्त्रण र उपचारको लागि स्वास्थ्य सामागी प्रदान गरेको हो ।

स्वास्थ्य सामाग्री मुख्यमन्त्री शेरधन राईलाई प्रतिष्ठानले आइतबार प्रदान गरेको हो । प्रतिष्ठानले एन ९५ माक्स पाँच सय, सर्जिकल माक्स एक हजार र फेस सिल्ड एक सय थान मुख्यमन्त्री राईलाई हस्तान्तरण गरेको हो । मुख्यमन्त्री राईले सहयोग प्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

सबै मिलेर कोरोना महामारीको सामना गर्नुपर्ने भन्दै मुख्यमन्त्री राईले एकले अर्काेलाई सकेको सहयोग गर्नुपर्ने बताउनुभयो । प्रतिष्ठानले कोरोनासँग लडिरहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने उदेश्यले नेपाल चिकित्सक संघ मार्फत सहयोग हस्तान्तरण गरेको बताएको छ । कोरोना महामारीमा दाँवाली मिलन क्लब लगायतले पनि राहत सहयोग प्रदान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News