कोशी अस्पतालबाट थप २ कोरोना संक्रमित उपचारपछि डिस्चार्ज




विराटनगर, वैशाख २८
कोशी अस्पताल उपचारार्थ थप दुईजना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएका छन् । भोजपुर हतुवागढी–६ का २६ वर्षीय उपेन्द्र राई र झापा बाह्रदशीका ४० वर्षीय महाजिर आलम आज साझ डिस्चार्ज भएका हुन् ।

यसअघि केन्द्रबाट गत सङ्क्रमितहरु वैशाख २४ गते ६ र वैशाख २६ गते आठजना निको भई घर फर्किसकेका छन् । घर फर्कने राई गत वैशाख १३ र आलम वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए ।

उनीहरुको पछिल्लो दुईपटक गरिएको थ्रोट स्वाब ९पिसिआर० परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सङ्गीता मिश्राले बताइन ।

राईले गत फागुन ३० गते साउदी अरबबाट नेपाल आएको बताए भने झापा बाह्रदशीका आलमले फागुन २७ गते भारतबाट घर आएको जानकारी दिए । दुवै जनाले अस्पताको निर्देशनअनुसार आफ्नो गाउँपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा १४ दिन बस्ने बताएका छन्

अस्पतालबाट ‘डिस्चार्ज’ भएका दुवै जनालाई सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थ, स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोभिड–१९ उपचार केन्द्रका व्यवस्थापन समिति संयोजक ज्ञानबहादुर बस्नेत लगायतले बिदाइ गरेका थिए ।

सचिव पन्थले दुवैलाई तोकिएको समयसम्म नियमको पालना गरी क्वारेन्टाइनमा बस्न सुझाव दिए । केन्द्रबाट सङ्क्रमित निको भई आज दुईजना गरी जम्मा घर फर्कनेको सङ्ख्या १६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News