यात्रु बोकेको अवस्थामा एम्बुलेन्स चालक पक्राउ



बारा, बैशाख २८
करोना भाइरस (कोभिड -१९ )को संक्रमण रोक्न देशभर लकडाउन भैरहेको बेला बारामा भने एम्बुलेन्सले यात्रु ओसारपसार गरेको पाइएको छ।

जिल्ला बारा बिश्रामपुर बस्ने राजन पटेल र अनिल पटेलले अन टेस्ट बिरामी बोक्ने एम्बुलेन्समा यात्रु बोकी ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले गत बैशाख २६ गते उनीहरु दुबै जनालाई पक्राउ गरि जिल्ला प्रशासन कार्यालय बारामा उपर अभद्र व्यवहार मुद्दा दर्ता गरेको छ। उनीहरु धरौटी राखि तारेखमा रहेको प्रहरीले जनाएको छ। ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News