चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान




काठमाडौं, वैशाख २९
देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावका कारण मौसममा बदली आएको छ।

हाल देशको सुदूरपस्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी सबै प्रदेशहरुमा सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टामा देशका  पहाडी भू-भागका केहि  स्थानहरुमा  र तराईका थोरै स्थानहरुमा चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
सोमबार
दिउँसोः  देशको अधिकांश भू-भागमा सामान्य  बदली रहनेछ। देशको पहाडि भु-भागका केही  स्थानहरु र तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

रातीः  देशको अधिकांश भू-भागमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

मंगलबार

दिउँसोः  देशको अधिकांश भू-भागमा सामान्य  बदली रहनेछ। देशका केही  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ ।

रातीः  देशको पुर्वी भु-भाग लगायत मध्य पहाडी भु-भागमा सामान्य  बदली र बांकी भु-भागमा आंशिक बदली रहनेछ । पूर्वी भू-भागका केही स्थानहरु, मध्य भु-भागका थोरै स्थानहरु र पश्चिमी भु-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

बुधबार

दिउँसोः  देशको अधिकांश भू-भागमा सामान्य  बदली रहनेछ। देशका केही  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ ।

रातीः  देशको पुर्वी तथा मध्य भु-भाग भु-भागमा सामान्य  बदली र बांकी भु-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका केही स्थानहरु तथा पश्चिमी भु-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News