कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ८३ हजार बढी, यस्तो छ भारतसहित ११ देशको अवस्था




काठमाडौं, वैशाख २९
विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ८३ हजार ८५० नाघेको छ । १४ लाख ९० हजार भन्दा बढीको उपचारपछि निको भएको छ । संक्रमित हुनेको संख्या ४१ लाख ८० हजार नाघेको छ ।

कोरोनाबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । अमेरिकामा कोरोना भाइरसबाट ८० हजार ७८७ जनाको मृत्यु भएको छ । त्यहाँ हालसम्म ८० हजार ७८७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १३ लाख ६७ हजार ६३८ पुगेको छ । २ लाख ५६ हजार ३३६ जनालाई मात्र उपचारपछि निको भएको छ । 

दोस्रो स्थानको स्पेनमा २ लाख ६४ हजार ६६३ जना संक्रमित हुँदा मृतकको संख्या २६ हजार ६२१ पुगेको छ । बेलायत तेस्रो स्थानमा पुगेको छ । बेलायतमा संक्रमितको संख्या २ लाख १९ हजार १८३ पुगेको छ । मृतक ३१ हजार ८५५ रहेका छन् । 

चौथो स्थानमा झरेको इटालीमा २ लाख १९ हजार ७० जना संक्रमित हुँदा ३० हजार ५६० जनाको ज्यान गएको छ । पाँचौ स्थानको रुसमा २ लाख ९ हजार ६८८ जना संक्रमित हुँदा मृतक १ हजार ९१५ पुगेको छ । 

छैटौं स्थानको फ्रान्समा १ लाख ७६ हजार ९७० जना संक्रमित हुँदा २६ हजार ३८० जनाको ज्यान गएको छ । सातौं स्थानको जर्मनीमा १ लाख ७१ हजार ८७९ जना संक्रमित हुँदा ७ हजार ५६९ जनाको ज्यान गएको छ । आठौं स्थानको ब्राजिलमा १ लाख ६२ हजार ६६९ जना संक्रमित हुँदा ११ हजार १२३ जनाको ज्यान गएको छ । 

नवौं स्थानको टर्कीमा १ लाख ३८ हजार ६५७ जना संक्रमित हुँदा ज्यान गुमाउनेको संख्या ३ हजार ७८६ छ । दशौं स्थानको इरानमा १ लाख ७ हजार ६०३ जना संक्रमित हुँदा ६ हजार ६४० जनाको ज्यान गएको छ । 

छिमेकी देश भारतमा ६७ हजार १६१ जना संक्रमित भएका छन् । मृतकको संख्या २ हजार २१२ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News