हत्या गरिएको अवस्थामा मकैबारीमा एक पुरुषको शव फेला




बर्दिवास, वैशाख २९
महोत्तरीको बिर्तामा हत्या गरेर फालिएको अवस्थामा एक जनाको शव मकैबारीमा फेला परेको छ । 

आइतबार बिहान आफन्तको घर गएका गौशाला नगरपालिका–४ बिर्ताका ४५ वर्षीय दिलीप ठाकुरको हत्या गरिएको अवस्थामा बस्तीकै मकै बारीमा शव फेला परेको महोत्तरी प्रहरीले जनाएको छ । 

ठाकुरको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ । हत्याराले टाउकोमा काठको चिरपट प्रहार गरेको हुनसक्ने  प्रहरीको अनुमान छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागि जलेश्वर अस्पताल लगिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News