भारतीय राजदुतलाई परराष्ट्र मन्त्रालयमै बोलाएर सुनाइयो नेपालको धारणा, बुझाइयो ‘कुटनीतिक नोट’




काठमाडौं, वैशाख २९
परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाए लिपुलेक विवाद तथा सो क्षेत्रमा पछिल्लो समय भारतद्वारा निर्माण गरिएको लिंक रोडबारे नेपाल सरकारको धारणा समेत सुनाएको छ ।

लिपुलेक विवाद तथा सो क्षेत्रमा पछिल्लो समय भारतद्वारा निर्माण गरिएको लिंक रोडबारे नेपाल सरकारले भारतलाई ‘कूटनीतिक नोट’ पनि बुझाएको छ ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार नेपाली भूमि लिपुलेकमा भारतीय पक्षले सडक निर्माणसहितका गतिविधि जारी राखेको विषयप्रति विरोध जनाउँदै राजदूत क्वात्रालाई ‘कूटनीतिक नोट’ समेत दिइएको हो ।

नेपाल–भारत जारी सीमा विवादको सम्बन्धमा प्रमुख विषय बन्दै आएको लिपुलेक–कालापानीको विषयमा उच्चस्तरी वार्ताका लागि नेपालले भारतसँग प्रस्ताव समेत गरेको छ ।

तर, भारतीय पक्षले भने कोरोना भाइरको महामारी साम्य भएपछि मात्रै त्यस विषयमा कुराकानी गर्न सकिने बताएको छ ।

राजदूत क्वात्रा सोमबार बिहान साढे ११ बजे सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेका थिए । राजदूत क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सचिव शंकर वैरागीसहितका पदाधिकारीसँग भेट गरेका छन् ।

भारतले नेपाली भूमि अतिक्रमण गर्दै चीन प्रशासित तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो (सडक) खोलेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला–लिपुलेक लिङ्क रोडको उद्घाटन गरेका थिए ।

भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको भन्दै नेपालमा यसको विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News