कोरोनाबाट संक्रमण र मृत्युु हुनेक्रम घट्यो, यस्तो छ पछिल्लो अपडेट




काठमाडौं, वैशाख ३०
विश्वभर कोरोना भाइरसबाट संक्रमण र मृत्यु हुनेको संख्या बिस्तारै घट्दै गएको छ। पछिल्लो अपडेटअनुसार २४ घण्टामा ३ हजार ४४६ जनाको मृत्यु भएको छ । जबकी यसअघि अमेरिकामा मात्रै यही हाराहारीमा व्यक्तिले ज्यान गुमाएका छन् ।

अहिले अमेरिका, फ्रान्स, इटाली, स्पेनलगायतका देशहरुमा यस भाइरसको कहर केहि हदसम्म मथ्थर भएको देखिएको छ । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ८७ हजार १२४  जनाको मृत्यु भएको हो ।

पछिल्लो अपडेट अनुसार संसारभर ४२ लाख ५२ हजार ८१३ जना कोरोना भाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक भएको छ ।त्यस्तै अहिलेसम्म विश्वभर १५ लाख २५ हजार ७२२ जना ठिक भएका छन् । 

अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा १३ लाख ८५ हजार ८१३ कुल संक्रमित भएका छन् भने ८१ हजार ७९१ जनाको मृत्यु भएको छ । यसैबीच २ लाख ६१ हजार १४१ निको भएर फर्किएका छन् ।

बेलायतमा अहिलेसम्म २ लाख २३ हजार ६० कुल संक्रमित भएका छन् भने ३२ हजार ६५ जनाको मृत्यु भएको छ ।

इटालीमा २ लाख १९ हजार ८१४ कुल संक्रमित भएका छन् भने ३० हजार ७३९ जनाको मृत्यु भएको छ । एक लाख ६ हजार ५८७ जना निको भएर फर्किएका छन् । 

स्पेनमा २ लाख ६८ हजार १४३ कुल संक्रमित भएका छन् भने २६ हजार ७४४ जनाको मृत्यु भएको छ । एक लाख ७७ हजार ८४६ जना निको भएर फर्किएका छन् । 

फ्रान्समा एक लाख ७७ हजार ४२३ कुल संक्रमित भएका छन् भने २६ हजार ६४३ जनाको मृत्यु भएको छ । ५६ हजार ७२४ जना निको भएर फर्किएका छन् । 

ब्राजिलमा एक लाख ६९ हजार १४३ जना संक्रमित भएका छन् भने ११ हजार ६२५ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म ६७ हजार ३८४ जना ठिक भएका छन् । 

बेल्जियममा ५३ हजार ४४९ कुल सङ्क्रमित भएका छन् भने ८ हजार ७०७ जनाको मृत्यु भएको छ । यसैबीच १३ हजार ६९७ जना निको भएर फर्किएका छन् ।

जर्मनीमा एक लाख ७२ हजार ५६७ कुल संक्रमित भएका छन् भने ७ हजार ६६१ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ४५ हजार ६१७ सय निको भएर फर्किएका छन् । 

इरानमा एक लाख ९ हजार २८६ कुल संक्रमित भएका छन् भने ६ हजार ६८५ जनाको मृत्यु भएको छ । यसैबीच ८७ हजार ४३३ निको भएर फर्किएका छन् ।

नेदरल्याण्डसमा अहिलेसम्म ४२ हजार ७८८ जना संक्रमित भएका छन् भने ५ हजार ४५६ जनाको मृत्यु भएको छ ।  

क्यानाडामा ६९ हजार ९८१ जना संक्रमित भएका छन् भने ४ हजार ९९३ जनाको मृत्यु भएको छ । त्यस्तै ३२ हजार ९९४ जना ठिक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News