कर्णाली प्रदेशका सबै नाका ‘सिल’




सुर्खेत, वैशाख ३०
कोरोना भाइरसको जोखिम बढेपछि कर्णाली प्रदेशका सबै नाका सिल गरिने भएको छ ।

सोमबार बसेकोे प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले जोखिम बढेको भन्दै अनिश्चिकालका लागि सबै नाकामा ‘सिल’ गर्ने निर्णय गरेको हो ।

छिमेकी जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्न लागेपछि नाकामा सिल गर्ने निर्णय गरेको सामाजिक विकासमन्त्री दल बहादुर रावलले जानकारी दिए ।

उनका अनुसार अर्को सूचना नआएसम्मका लागि सबै नाका ‘सिल’ गरिएको हो । खाद्यान्नसहित अत्यावश्क वस्तुका गाडीलाई भने निगरानीमा राखेर भित्र्याइने छ ।

यस्तै, विभिन्न ठाउँमा अलपत्र परेका आफ्ना नागरिक उद्धार गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News