नेपालमा एकैदिन ५७ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १९१ पुग्यो




काठमाडौं, वैशाख ३०
नेपालमा आज एकै दिन ५७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै देशभर संक्रमितको संख्या १ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

संक्रमितमध्ये पर्सामा मात्रै ३९ जना भेटिएका छन् । मन्त्रालयका अनुसार बाँकी कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना गरी ५७ जना थपिएका हुन्।

उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए। नेपालमा देखिएका कुल १९१ संक्रमितमध्ये ३३ जना उपचारपछि निको भएका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News