Deshko News
१५ मंसिर २०८०, शुक्रबार

विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शना पक्राउ


 


काठमाडौं, बैशाख ३०
विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शना पक्राउ परेकी छिन्। उनीसहित आधा दर्जन युवालाई प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेको हाे ।

लिपुलेकमा नेपाली भूमि अतिक्रमणको विरोध गर्न उनको नेतृत्वमा युवाहरु केही पम्प्लेटसहित जम्मा भएका थिए । तर नाराबाजी गर्न नपाउँदै प्रहरीले सबैलाई पक्राउ गरेर महेन्द्र पुलिस क्लवमा ल्याएको नेतृ दर्शनाले बताइन् ।

‘हामी ५–६ जना त्यहाँ पुग्नासाथ प्रहरीले धरपकड गर्यो र यहाँ ल्यायो,’ उनले भनिन् । आफूहरुले त्यहाँ सामाजिक दुरी कायम गर्दै प्रदर्शन गर्ने तयारी गर्दा पनि प्रहरीले धरपकड गरेकाे उनकाे भनाइ छ।

प्रकाशित मिति: ३० बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्