पाेखरामा भारतबाट आएका युवक प्रहरी देख्नसाथ तीन तलाबाट हाम फाले



पोखरा, बैशाख ३०
पाेखरामा भारतबाट आएका युवक प्रहरी देख्नसाथ तीन तलाबाट हाम फालेका छन्। पोखरा महानगरपालिका ८ बस्दै आएका सोलुखुम्बुका अभिषेक बस्नेत हाम फालेका हुन्।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन भारत सरकारले गरेको लकडाउनमा उनी परे । लकडाउन लम्बिरह्यो । त्यसैले उनले हिँडेरै नेपाल आउने निर्णय गरेर पाेखरा अाए।
करिब तीन महिनाअघि कामका लागि उनी भारतको कर्नाटक गएका थिए।

अभिषेक भारतबाट आएको थाहा पाएपछि स्थानीय तर्सिए । तत्कालै उनीहरुले वडामा खबर गरेपछि वडा प्रहरीसहित जनप्रतिनिधि पुगे । प्रहरी देख्नेबित्तिकै अभिषेकले आफू बस्दै आएको तीन तलामाथिबाट हामफाले । उनको खुट्टामा सामान्य चोट लागेको छ । ‘गेटबाट भित्र मात्र छिन लागेका थियौं । भाइले माथिबाट झ्याम्मै हाम फालिहाले,’ पोखरा ८ वडाध्यक्ष रुद्र बरालले भने, ‘तर प्रहरीले तत्काल नियन्त्रणमा लिइहाल्यो ।’

जिल्ला प्रहरी कार्यालय कास्कीका इन्सपेक्टर नवराज अभिकारीले बस्नेतलाई महानगरको क्वारेन्टिनमा राख्ने तयारी भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News