कोरोनाबाट विश्वभर ४२ लाख ५५ हजार बढी संक्रमित, यी देशमा छ सर्वाधिक संक्रमण र मृत्युदर




काठमाडौं, वैशाख ३१
विश्वभर कोरोना संक्रमितको संख्या ४२ लाख ५५ हजार १ सय ९४ पुगेको छ। संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ।

आज विहानसम्म त्यहाँ १३ लाख ६७ हजार ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ।

त्यस्तै, रुसमा २ लाख ३२ हजार २ सय ४३, स्पेनमा २ लाख २८ हजार ३०, बेलायतमा २ लाख २७ हजार ७ सय ४०, इटालीमा २ लाख २१ हजार २ सय १६, फ्रान्समा १ लाख ७८ हजार ३ सय ४९, ब्राजिलमा १ लाख ७७ हजार ६ सय २ मा संक्रमण पुष्टि भएको छ।

विश्वभर २ लाख ९१ हजार ३ सय ६६ को कोरोना संक्रमणपछि मृत्यु भएको  छ। मृत्यु हुनेको  संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ८२ हजार २ सय ४६ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, बेलायतमा ३२ हजार ७ सय ६९, इटालीमा ३० हजार ९ सय ११, फ्रान्समा २६ हजार ९ सय ९४, स्पेनमा २६ हजार ९ सय २०, ब्राजिलमा १२ हजार ४ सय ४ जनाको मृत्यु भइसकेको छ।

विश्वभर १४ लाख ८८ हजार ४ सय ९४  जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ २ लाख ३० हजार २ सय ८७ जना संक्रमणमुक्त भएका छन्।

त्यस्तै, १ लाख ४७ हजार २ सय, स्पेनमा १ लाख ३८ हजार ९ सय ८०, इटालीमा १ लाख ९ हजार ३९ जना संक्रमणमुक्त भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News