नेकपा स्थायी समिति बैठक आज बस्दै, यस्ता छन् एजेन्डा




काठमाडौं, वैशाख ३१
नेकपा स्थायी समिति बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक निकै महत्वपूर्ण हुने बुझिएको छ ।

बैठकमा कोरोना भाइरस रोकथाममा चालिएका कदम, लिपुलेकमा भारतले व्यापार मार्ग खोलेको, नेकपाको आन्तरिक विवाद समाधानलगायतमा छलफल हुने बुझिएको छ ।

बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमबारे पनि छलफल हुने बुझिएको छ । २ जेठमा संसदमा प्रस्तुत हुनु ठिक अघि बैठक बस्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News