काठमाडौंमा मध्यरात भूकम्पको धक्का महसुस



काठमाडौं, बैशाख ३१
मंगलबार राती काठमाडौं लगायत केही ठाउँमा भूकम्पको धक्का महशुस गरिएको छ । राती ११ बजेर ५३ मिनेटको समयमा भूकम्पको धक्का महशुस गरिएको हो ।

दोलखाको जुगु आसपास केन्द्र बनाएर ५.३ म्याग्निच्युडको भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । २०७२ वैशाख १२ र २९ गते भूकम्प गएको थियो । जसका कारण ठूलो जनधनको क्षति भएको थियो । भूकम्पका कारण अहिलेसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।

भूकम्पको केन्द्रबिन्दुको गहिराई १०० किमी भएकोले लामो समय र धेरै टाढा सम्म सामान्य धक्का महसुस भएको हुनसक्‍ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News