नेताका सुरक्षाकर्मीलाई कोरोना देखिएपछि नेकपाको स्थायी समिति बैठक स्थगित




काठमाडौं, वैशाख ३१
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को आज बस्ने भनिएको स्थायी समितिको बैठक स्थगित भएको छ।

स्थायी कमिटी सदस्य भीम रावलका सुरक्षाकर्मी सशस्त्र प्रहरी जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि स्थायी समिति बैठक स्थगित गरिएको बताइएको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक स्थगित भएको जानकारी दिएका छन्। नेताहरूको कोरोना परिक्षण बाँकी नै रहेकाले वैठक स्थगित गर्नुपरेको उनको भनाइ छ।

संघीय संसद्का सदस्यबाहेक अन्य नेताको कोरोना परीक्षण गरिएको छैन । प्रधानमन्त्री केपी ओली आज स्थायी समितिको बैठक बोलाउन राजी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News