आइसोलेसन कक्षबाट थुनुवासहित २ काेराेना संक्रमित फरार



वीरगञ्ज, बैशाख ३१
वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् ।

संक्रमण देखिएपछि उपचारका लागि अस्पतालको आइसोलेसनमा बसिरहेका २ जना अहिले भर्खरै ४ बजेतिर अस्पतालबाट भागेको जनाइएको छ ।

अस्पतालले भने उनीहरुको खोजीकार्य भइरहेको जानकारी दिएको छ ।

पर्साका प्रहरी प्रमुख गंगा पन्तले पनि दुई जना संक्रमित अस्पतालबाट भागेको खबर आएको र आफू पनि त्यसतर्फ जान लागेको जानकारी दिइन् ।

उनीहरु मंगलबार भर्ना भएका थिए।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार महानगरपालिकाकै वडा नम्बर १६ र १३ का दुई संक्रमितमध्ये एकजना १७ र अर्का ३० वर्षका छन्।

अस्पतालबाट भाग्ने दुई जनामध्ये एक जना थुनुवा हुन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News