युवतीकाे चरित्रहत्या गरेको आरोपमा तीन पक्राउ



गोरखा, बैशाख ३१
महिलामाथि चरित्रहत्या हुने खालका अपशब्द बोलेको आरोपमा गोरखामा तीन जना पक्राउ परेका छन् ।

जिल्लाको सिरानचोक गाउँपालिका–१ केराबारी स्थायी घर भएका ६१ वर्षीय महादेव रेग्मी, २३ वर्षीय होमबहादुर रेग्मी र २७ वर्षीय दीपेन्द्र दाहाललाई मङ्गलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।

पक्राउ परेकाहरुले सोही ठाउँकी १९ वर्षीया युवतीलाई यही वैशाख ५ गते सिम्पानी खेतस्थित सार्वजनिक स्थानमा चरित्रहत्या हुने खालका अपशब्द बोली बदनाम गरेको उनको भनाइ छ ।

उनीहरुविरुद्ध सार्वजनिक हितविरुद्धको कसुर (अभ्रद्र व्यवहार) शीर्षकमा मुद्दा दर्ता गरिएको छ । पक्राउ परेका तीन जनामाथि जिल्ला प्रसासन कार्यालय गोरखबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News