बलात्कारको आरोपमा प्रादेशिक अस्पताल जनकपुरका चिकित्सक पक्राउ



जनकपुरधाम, बैशाख ३१
जनकपुरधामका एक चिकित्सकलाई महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रादेशिक अस्पताल जनकपुरधामका चिकित्सक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले प्रादेशिक अस्पताल जनकपुरका फिजियो थेरापी डा. राजेश मण्डललाई नियन्त्रणमा लिएको जानकारी दिए।

आफूलाई पटक–पटक जबरजस्ती करणी गरेको झापा घर भएकी एक २८ वर्षीया महिलले वैशाख २७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि उनलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

डा. मण्डलले विभिन्न समयमा अस्पताल बाहिर विभिन्न स्थानमा लागेर आफूलाई बलात्कार गरेको महिलाले निवेदनमा उल्लेख गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News