कोरोना संक्रमणबाट २ लाख ९७ हजार ७१२ को मृत्यु




काठमाडौं, जेठ १
विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ९७ हजार ७१२ पुगेको छ । संक्रमितको संख्या ४४ लाख २४ हजार ८३९ पुगेको छ ।

हालसम्म १६ लाख ५५ हजार १८८ संक्रमित निको भएर घर फर्किसकेका छन् । २४ लाख ७१ हजार ९३९ संक्रमितको उपचार भइरहेको छ ।

उपचाररत मध्ये ४५ हजार ९२९ कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने बाँकीको अवस्था मध्यम रहेको छ । 

कोरोनाबाट ज्यान गुमाउनेमा सबैभन्दा बढी अमेरिकामा छन् । त्यहाँ हालसम्म ८५ हजार १७२ जनाको मृत्यु भएको छ ।

बेलायतमा ३३ हजार १८६ जनाको मृत्यु भएको छ भने इटलीमा ३१ हजार १०६ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । 

कोरोना भाइरसबाट विश्वका अन्य देशमा पनि संक्रमित र मृत्यु हुनेक्रम बढ्दैछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News