थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४५ पुग्यो




काठमाडौं, जेठ १
नेपालमा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मङ्गलबार पनि चन्द्रागिरि नगरपालिकाकै मच्छेगाउँमा ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हिजो एकैदिन रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News