Deshko News
१६ मंसिर २०८०, शनिबार

वितरित सबै सवारी पास रद्द, यी हुन् पास चाहिने र नचाहिने सवारी साधान (सूचीसहित)


 



काठमाडौं, जेठ १
यसअघि वितरण गरिएका सबै पास रद्द भएका छन् ।
गृह मन्त्रालयले सूचना नै जारी गरेर आजबाट यसअघि वितरित सबै पास रद्द गरेको जनाएको हो ।

अब पुरानो पास लिएर चल्ने सबैलाई कारबाही गरिनेछ । तर सरकारले आजबाट लागु हुने गरी अत्यावश्यक सेवाका सवारीलाई पास नचाहिने पनि जनाएको छ । तर, ती सवारीमा यात्रा गर्ने सबैले अनिवार्य आधिकारिक परिचयपत्र भने लिनुपर्नेछ ।

निश्चित समयका लागि पास

अर्कोतर्फ पास नचाहिने भनेर तोकिएका सवारी बाहेकका सवारी साधनलाई अत्यावश्यक र आकस्मिक अवस्था हेरेर निश्चित समयका लागि पास पाउने व्यवस्था गरिएको छ ।

अर्को जिल्लामा जान नपाउने
आजबाट एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाइएको छ । जानै परे सम्बन्धित जिल्लाहरुका प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिनुपर्नेछ ।

काठमाडौं उपत्यकाको हकमा भने एकै जिल्ला सरहको व्यवहार हुने गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: १ जेष्ठ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्