पूर्वी नवलपरासीका एक व्यक्तिमा कोरोना पुष्टि




चितवन, जेठ १
नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
चितवनको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ४९ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

संक्रमित व्यक्ति पूर्वी नवलपरासीका भएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिवारीले जानकारी दिए ।

उनी भारतबाट नेपाल आएका थिए । उनको भरतपुरस्थित कोरोना अस्थायी अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २४६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News