टिचिङ अस्पतालमा बालिकालाई कोरोना देखिएपछि न्यूरो वार्ड सिल




काठमाडौं, जेठ १
त्रिवि शिक्षण अस्पतालमा महाराजगञ्जमा उपचारका लागि आइपुगेकी एक बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि सतर्कता अपनाइएको छ । बालिकामा कोरोना देखिएपछि अस्पतालको न्यूरो वार्ड सिल गरिएको छ ।

वार्ड सिल गरेसँगै न्यूरो वार्डमा उपचारमा संलग्न रहेका डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई पनि क्वारेन्टाइनमा राख्ने तयारी भएको छ ।

त्रिवि शिक्षण अस्पतालले बिहीबार एक सूचना जारी गर्दै कोरोना संक्रमित बालिकालाई आइसोलेसनमा राखिएको र उनको उपचारमा संलग्न डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मीको स्वाबको नमुना लिएर पिसिआर परीक्षण गर्न लागिएको बताएको छ ।

पिसिआर रिपोर्ट नेगेटिभ आएको अवस्थामा पनि बालिकाको सम्पर्कमा आएका सबै चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई १४ दिनको क्वारेन्टाइनमा राखिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News