विरगञ्जको कोरोना अस्पताल भरियो, केही विरामीलाई स्कुलमा सारियो




काठमाडौं, जेठ १
पर्साको वीरगञ्जमा रहेको कोरोना विशेष नारायणी अस्पताल कोरोना संक्रमित विरामीले भरिएको छ । अस्पतालमा ९० जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

अस्पतालको आइसोलेसन वार्डमा विरामी नअटेपछि १९ जनालाई शिद्धार्थ स्कुलको क्वारेन्टाइनमा राखिएको छ । कोरोना आशंकितलाई राख्न बनाइएको क्‍वारेन्टाइनलाई सेमी आइसोलेसन बनाएर संक्रमितलाई बुधबार बेलुका सारिएको हो।

नारायणी अस्पतालमा ४ महिनादेखि १५ वर्ष सम्मका बालबालिका पनि छन्। त्यहाँ २० देखि ४० वर्षसम्मका संक्रमितले उपचार गराइरहेका छन्। नारायणी अस्पतालमा देशकै सबैभन्दा धेरै संक्रमित रहेको मेडिकल सुपरिटेन्डेन्ड डा‍. मदन कुमार उपाध्यायले बताए।

उनका अनुसार पर्साका ८२, बाराका ३, रौतहटका ३, सर्लाहीका १ र भारतीय नागरिक १ जना छन्। सबैजना संक्रमितलाई अस्पताल र विद्यालयको आइसोलेसनमा राखिएको छ। अस्पतालको आइसोलेसनसहितमा ७१ जनालाई राखिएको छ।

संक्रमित सबै बिरामीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पतालमा सात बेडको आइसियु र २ बेडको भेन्टिलेटर निर्माण गरिएको छ ।

अहिलेसम्म कुनै पनि कोरोना संक्रमित बिरामीलाई आइसियुमा नराखिएको डा. उपाध्यायले बताए । अस्पतालमा एक सय २५ जनाको चिकित्सकको टोली उपचारमा खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News