मध्यरातमा यसरी भयो नेपाल–भारत नागरिक आदानप्रदान



काठमाडौं, जेठ २

लकडाउनका कारण भारतमा रोकिएका ६ सय ८७ जना नेपालीहरुलाई नेपालगन्जको सीमा नाकाबाट नेपाल भित्राइएको छ । यस्तै नेपालतर्फ रोकिएका १ हजार ४ सय ८३ जना भारतीयलाई सोही नाकाबाट भारततर्फ पठाइएको छ ।

दुवै देशका सुरक्षा अधिकारीहरुबीच भएको सहमतिअनुसार लकडाउनमा रोकिएका २ हजार बढी नागरिकलाई ल्याउने र लैजाने काम भएको हो । यो क्रम बिहीबार साँझ ७ बजेदेखि मध्यरातिसम्म चलेको थियो ।

भारतबाट ल्याइएका नेपालीहरु झापादेखि कञ्चनपुरसम्मका ४३ जिल्लाका बासिन्दा छन् । बाँकेका २ सय १४ र बर्दियाका ६ जनालाई नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । अन्यलाई भने नेपालगन्ज भन्सार कार्यालय नजिकैको खुला स्थानको अस्थायी क्वारेन्टाइनमा राखिएको छ ।

बाँकेका नागरिकहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गरी घर पठाइने र अन्य जिल्लाका नागरिकहरुलाई आरडीटी टेस्ट गरी सम्बन्धित जिल्लामा पठाइने नेपालगञ्ज महानगरपालिकाका मेयर धवल शमसेर राणाले जानकारी दिए ।

भारतबाट नेपाल आउन चाहेकाहरुको भिड बढ्दै गएकाले दुवै देशका अधिकारीहरुको सहमतिमा नेपाल भित्राउने र नेपालबाट भारत पठाउने काम भएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News