हरेक प्रदेशमा सय शैय्याको अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयको प्रस्ताव



काठमाडौं, जेठ २

कोरोना कहरपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रमहरुको लागि १९ वटा नयाँ कार्यक्रम प्रस्ताव गरेको छ ।

ती १९ वटा कार्यक्रमको सञ्चालनको लागि आगामी आर्थिक वर्ष २८ अर्ब ३१ करोड ८२ लाख बजेट अनुमान गरेको छ । अन्य नियमित कार्यक्रम र चालु खर्चका लागि ५४ अर्ब ८३ करोड रुपैयाँ प्रस्ताव पेश गरेको छ ।

सरकारले महामारी तथा स्वास्थ्य विपद व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत १ अर्ब रुपैयाँको आपतकालीन कोष खडा गर्ने प्रस्ताव गरेको छ ।

त्यसैगरि कोभिड १९ जस्ता संक्रामक रोगको उपचार कार्यका लागि अत्याधुनिक प्रयोगशालासहित केन्द्रमा ३०० र प्रदेशमा १००–१०० शय्याको सुविधा सम्पन्न सरुवा रोग अस्पताल स्थापना गर्न ३ अर्ब ४० करोड रुपैयाँ प्रस्ताव गरेको छ । त्यस्तै प्रयोगशाला स्थापनाका लागि ४ अर्ब ७५ करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।

सबै प्रदेशमा प्रादेशिक रोग नियन्त्रण केन्द्रहरू स्थापना गरी रोगको रोकथाम तथा नियन्त्रणलाई थप सशक्त बनाउन ५ करोड रुपैयाँ प्रस्ताव गरेको छ । यस्तै मेडिकल तथा सर्जिकल सामग्री र चिकित्सकीय प्रयोगमा आउने इलेक्ट्रोनिक सामग्रीको गुणस्तर जाँच तथा नियमन गर्न एक स्वायत्त नियमनकारी संस्था नेपाल खाद्यथ तथा औषधि एडमिनिस्ट्रेशन फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन नेपाल एफडीए नेपाल स्थापना गर्ने प्रस्ताव पनि स्वास्थ्य मन्त्रालयले पठाएको छ । यसका लागि ५ करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News