सीमा सुरक्षार्थ बीओपी थप्ने तयारी, कति थपिदैछन् ?




काठमाडौं, जेठ ३
सरकारले नेपाली भूमिको सुरक्षार्थ सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल (एपीएफ)को बीओपी संख्या ५ सय पुर्‍याउने तयारी गरेको छ । नेपाली भूमि अतिक्रमणका घटना बढ्दै गएपछि भारत र चीनसँग सीमा जोडिएका क्षेत्रमा ५ सय बीओपी पुर्‍याउने तयारी गरिएको हो ।

भारतसँग सीमा जोडिएको १ हजार ८ सय ८० किमि क्षेत्रमा ४ सय ९० बीओपी पुर्‍याइने छ भने चीनसँग सीमा जोडिएका क्षेत्रमा १० देखि १२ वटासम्म बीओपी थपिने छ । १५ जिल्लाले सीमा छोएको चीनसँग नेपालको १ हजार ४ सय १४ किमि भू-भाग जोडिएको छ ।

हाल भारततर्फ १ सय २० बीओपी रहेकोमा ३ सय ७० बीओपी थप्‍ने गरी योजना बनेको हो । बढीमा २ वर्षभित्र हाल रहेका बीओपी संख्यालाई बढाएर २ सय २१ पुर्‍याइने गृह मन्त्रालयले जनाएको छ ।

चीनसँग सीमा जोडिएको कोरला, हिल्सा, मनाङ, बझाङ, ताप्लेजुङ, सिन्धुपाल्चोक, रसुवा र दोलखामा बीओपी राख्‍ने गरी मोडालिटी बनाइदै छ । बुधबार मात्रै दार्चुलाको छाङरुमा भारतीय सीमा नजिकै बीओपी राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News