नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक एक महिलाको मृत्यु

काठमाडौं, जेठ ३
नेपालमा पहिलो पटक एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको कोरोनाले मृत्यु भएको हो।
केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा उपचार भइरहेको थियो। स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा उनको आरडीटी रिपोर्ट पोजिटिभ आएको थियो।
उनको बिहीबार राति मृत्यु भएको हो। ‘उनको सुरुमा आरडीटी पोजिटिभ आएको थियो। अहिले पीसीआर पनि पोजिटिभ आएको छ’, स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए ।
प्रकाशित मिति: ३ जेष्ठ २०७७, शनिबार