सरकारको नीति तथा कार्यक्रममाथि भोलिदेखि छलफल हुने




काठमाडौं, जेठ ३
सरकारले शुक्रबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसदमा भोलिदेखि छलफल हुने भएको छ ।

संसद सचिवालय सिंहदरबारमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबार र सोमबार प्रतिनिधिसभाको बैठकमा छलफल गनेए निर्णय गरेको हो ।

बैठकले जेठ ४ र ५ गते सरकारको नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रतिनिधि सभाको बैठक आह्वान गर्ने निर्णय गरेको सभामुखका प्रेश सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News