नेपालका २७ जिल्लामा पुग्यो कोरोना संक्रमण, कुन जिल्लामा कति संक्रमित ?




काठमाडौं, जेठ ३
विश्व महामारीका रुपमा फैलिएको कोरोनो भाइरस (कोभिड–१९) ले नेपालमा पनि ठूलो रुप धारण गर्दै गइरहेको छ । दैनिक रुपमा कोरोना संक्रमित विरामीको संख्या थपिदै गइरहेको छ ।

शनिबार मात्रै यो समाचार तयार पर्दासम्म ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशमा जम्मा संक्रमितको संख्या २७८ पुगेको छ । आज काभ्रेपलाञ्चोकका २६ वर्षीय पुरुष र सिरहाका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै देशमा कोरोना भाइरस फैलिने जिल्लाको संख्या पनि २७ पुगेको छ । कोरोना परीक्षणको दायरा बढाउदा संक्रमितको संख्या बढ्दै गएको देखिएको छ ।

हालसम्म कर्णालीबाहेक सबै प्रदेशमा कोरोना फैलिएको छ । प्रदेश नम्बर १ मा ३६ जना, प्रदेश २ मा १०९ जना, वाग्मती प्रदेश १६ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा १०९ जना, सुदूरपश्चिमप्रदेशमा ५ जना गरी कुल २ सय ७८ जना संक्रमित रहेका छन् ।

जिल्लाहरुमा सबैभन्दा बढी पर्सामा संक्रमण देखिएको छ । यो जिल्लामा हालसम्म ९१ जना संक्रमित देखिएका छन् । दोस्रोमा कपिलबस्तुमा ४२ जनामा संक्रमण देखिएको छ ।

हालसम्म कोरोना संक्रमण देखिएका जिल्ला :
पर्सा–९१
रुपन्देही–२८
उदयपुर–३३
कपिलवस्तु–४२
बाँके–३३
काठमाडौं–९
धादिङ–१
कैलाली–४
बारा–३
धनुषा–४
रौतहट–३
बाग्लुङ–२
चितवन–३
झापा–२
महोत्तरी–३
भक्तपुर–२
बर्दिया–२
भोजपुर–१
कञ्चनपुर–१
नवलपरासी (पश्चिम)–१
सप्तरी–१
सर्लाही–२
पूर्वी नवलपरासी–१
मकवानपुर–१
दाङ–३
सिरहा–१
काभ्रेपलाञ्चोक–१

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News