कोरोना संक्रमितको संख्या २८१ पुग्यो, थपिए २ संक्रमित




काठमाडौं, जेठ ३
नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ । आज साँझ थप २ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा धनुषाका २० र ६५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ३६ जना उपचारपछि निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News