कोरोनाबाट मृत्यु भएकी महिलाको शव विद्युतीय शवदाहबाट जलाइयो




काठमाडौं, जेठ ३
कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको राति पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

कोरोनाबाट नेपालमा पहिलो मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको आजै धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

उनको विद्युतीय शवदाहमा शव जलाइएको सुरक्षास्रोतले जनाएको छ । मृतक महिलाको शव एम्बुलेन्समार्फत पशुपति आर्यघाट ल्याइएको थियो ।

धुलिखेलबाट इन्सपेक्टरको कमाण्डमा प्रहरी टोली, नेपाली सेनाका दुई जना प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका एक प्रतिनिधि तथा परिवारका एक सदस्य आर्यघाट पुगेर दाहसंस्कार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News