कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख १२ हजार नाघ्यो




काठमाडौं, जेठ ४
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ लाख १२ हजार नाघेको छ ।

आइतबार बिहानसम्म कोरोना संक्रमणका कारण ३ लाख १२ हजार ३१७ जनाको मृत्यु भइसकेको छ । कोरोनाबट ज्यान गुमाउनेमा सबैभन्दा धेरै अमेरिकामा छन् । त्यहाँ हालसम्म ८९ हजार ५ सय ४० जनाको मृत्यु भएको छ ।

यस्तै बेलायतमा ३४ हजार ४ सय ६६, इटलीमा ३१ हजार ७ सय ६३, स्पेनमा २७ हजार ५ सय ६३, फ्रान्समा २७ हजार ६ सय २५ तथा ब्राजिलमा १५ हजार ६ सय ३३ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ । 

हाल विश्वभर २५ लाख ९३ हजार २ सय ७७ कोरोना संक्रमित स्वास्थयकर्मीको निग्रानीमा छन् । जसमध्ये ४४ हजार ८ सय ४० को स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा कोरोना भाइरसका कारण हालसम्म २ हजार ८ सय ७१ जनाको मृत्यु भएको छ । शनिबारमात्रै भारतमा कोरोनाका कारण १ सय १८ जनाभन्दा बढीको मृत्यु भएको छ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ९० हजार नाघेको छ ।

नेपालमा अहिलेसम्म कोरोनाबाट एक जनाको मृत्युु भएको छ । संक्रमितको संख्या २ सय ८१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News