एमसीसी पास गराउने सरकारको रणनीति, यसरी समेटियो नीति तथा कार्यक्रममा




काठमाडौं, जेठ ४
सरकारले विवादित अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) चालु संसद् अधिवेशनबाट पास गराउने रणनीति बनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) उल्लेख नगरी यो परियोजनाअन्तर्गतको प्रसारण लाइन बनाउने कार्यक्रम ल्याएपछि सरकार यो परियोजना चालु संसद् अधिवेशनबाट पास गराउने रणनीतिमा रहेको पुष्टि भएको हो ।

नीति तथा कार्यक्रममा ‘लप्सीफेदी–रातमाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४ सय केभी प्रसारण लाइन निर्माण कार्य अघि बढाइने उल्लेख छ ।

सरकारसँग अहिले नयाँ आयोजनाका लागि बजेट छैन । यस्तो अवस्थामा यी प्रसारण लाइन निर्माण गर्ने कार्यक्रम सरकारले ल्याएको छ ।

मिलेनियम च्यालेन्ज एकाउन्ट ९एमसिए० नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि आयोजनालाई समावेश गरेकाले संघीय संसदबाट एमसिसी कम्प्याक्ट पारित हुनेमा आशावादी रहेको बताए । नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News