तीनै सुरक्षा निकायका सुरक्षाकर्मीमा काेराेना संक्रमण



काठमाडौं, जेठ ४
तीनै सुरक्षा निकायका सुरक्षाकर्मीमा काेराेना संक्रमण देखिएकाे छ। समुदायमा प्रवेश गरेको कोरोना भाइरसको संक्रमण तीनवटै सुरक्षा निकायका ८ जनामा देखिएको हाे ।

बिशेष गरी तराईका जिल्लामा कार्यरत सुरक्षाकर्मी उक्त संक्रमणकोबाट संक्रमित भएको पाइएको छ । नेपाल प्रहरीका तीन, नेपाली सेनाका २ र सशस्त्र प्रहरी बलका ३ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये नेपाल प्रहरीका २ जना कपिलवस्तुमा कार्यरत रहेको र अर्का एक जना बारामा कार्यरत छन्।

त्यस्तै नेपाली सेनाका २ जना मध्यपूर्वी पृतना महोत्तरीमा कार्यरत रहेको बताइएको छ । दुई जनामध्ये १ जना पृतनापति भएको बताइएको छ । सैनिक मुख्यालयले संक्रमितहरुलाई राजधानी ल्याउने तयारी गरेको छ।

त्यसै गरी सशस्त्र प्रहरी बलका पनि ३ जना संक्रमित भएका छन् । संक्रमितहरू एक जना बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा कार्यरत रहेको बताइएको छ ।

एक जना कपिलवस्तुमा कार्यरत रहेको र अर्का एक जना नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मी रहेको बताइएको छ । ती सुरक्षाकर्मी महेन्द्रनगरमा रहेको आफ्नो घरमा बिदाबाट फर्किएपछि कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News