कम्तिमा १० दिन लकडाउन थप्ने तयारी, सेना पनि परिचालन गरिने




काठमाडौं, जेठ ४
कोरोना भाइरसको महामारी फैलदै नदिन सरकारले थप १० दिन लकडाउन थप्ने तयारी गरेको छ। अब लकडाउन झन् कडा गरिने बताइएको छ।

कोभिड रोकथामसम्बन्धी संयन्त्रको बैठक बसेर लकडाउन थप्नेबारे संशोधित मोडालिटीसहितको सिफारिश हुने भएको छ ।

यसअघि थपिएको समय भोलि सकिदै छ। सरकारले लकडाउन लम्ब्याउने र मोडालिटीबारे संयन्त्रले सुझावहरु संकलन गरिसकेको छ ।

चारवटै सुरक्षा निकायका प्रमुख देखि स्वास्थ्य मन्त्रालय, आपूर्ति मन्त्रालयलगायतका अधिकारीहरुको राय संकलन गरेर अबको योजनाबारे थप निर्णय लिन लागिएको बुझिएको छ ।

कोरोना भाइरसको रोकथाममा आवश्यकताअनुसार सेना समेत परिचालन गरिने छ । कोरोना भाइरसको संक्रमित संख्या ह्वात्तै बढेपछि र एकजनाको मृत्यु पनि भइसकेको अवस्थामा सरकारले झन् कडा नीति लिन लागेको हो ।

सरकारले लकडाउन कडाई गर्न यसअघि वितरित सबै पास रद्द गरिसकेको छ । निश्चित क्षेत्र तोकी आधिकारिक परिचयपत्र विना सवारी साधन गुड्न निषेध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News