क्वारेन्टाइनमा बसेका युवकको मृत्यु, रिपोर्ट आउन बाँकी




नेपालगन्ज, जेठ ४
बाँके जिल्लाको नरैनापुर गाउँपालिका स्थित क्वारेन्टनमा बसेका एक युवकको मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको आज विहान मृत्यु भएको हो ।

उनको स्वास्थ्य अवस्था असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मोइन खानले जानकारी दिए । खानका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नु अगावै युवककोे मृत्युु भएको थियो ।

क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरबासी त्रसित हुन पुगेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रातिदेखि स्वास्थ्यमा समस्या देखिएकामा बिहान करिब ६ बजे युवकको मृत्यु भएको जानकारी दिए ।

कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार नै सङ्कलन गरिसकिएको थियो । रिपोर्ट आज आउने छ । एकैदिन आठ सङ्क्रमित भेटिएको नरैनापुरमा सङ्क्रमितको सम्पर्कमा आएका २६३ जनाको शनिवार स्वाब सङ्कलन गरिएको थियो ।

बाँकेको नैरनपुरमा पहिलो चरणमा विभिन्न स्थानमा क्वारेन्टिनमा राखिएका र सङ्क्रमितको सम्पर्कमा आएका २८४ जनाको स्वाब सङ्कलन गरिदैछ । यस क्रममा आवश्यकताका आधारमा थप आशङ्कितको पनि स्वाब सङ्कलन गर्न सकिने छ ।

भारतबाट आएका व्यक्तिमा सङ्क्रमण देखिएकाले अन्यत्र फैलिन नदिन सजगता अपनाइएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News