स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने कार्की पक्राउ 



काठमाडौं, जेठ ४
शनिबार सद्भाव नेपालका अध्यक्ष भन्ने अभिषेक श्रेष्ठ, उत्तम कार्की दीपकराज रेग्मीसहितको समूहले प्रदेश ३ का जनस्वास्थ्य प्रयोगशाला निर्देशक नारायण कार्कीको गाडी अनुगमन गर्ने नाममा उनीमाथि दुर्व्यवहार गरेका थिए । 

अनुगमनका क्रममा उनीहरूले गाडीमा सवार कार्कीलाई झोला खोल्न लगाएका थिए । अनुगमन गर्ने युवा कसैसँग पनि आधिकारिक परिचयपत्र नभएकाले उनीहरूलाई पक्राउ गरि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । 

उनीहरूमध्ये उत्तम कार्की पक्राउ परेको र अन्यको खोजी भइरहेको महानगरीय प्रहरी बृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News