कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ पुग्यो




काठमाडौं, जेठ ४
नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ । बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको हो ।

युवकको आज विहान मात्रै मृत्यु भएको थियो । उनी वैशाख ३० गते मात्रै भारतबाट नेपाल आएका थिए । त्यसपछि उनलाई क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा राखिएपछि हिजो मात्रै उनको परीक्षणका लागि थ्रोट स्वावको नमूना लिइएको थियो ।

हालसम्म नेपालमा २९१ जनामा कोरोना पुष्टि भएको छ भने ३६ जना उपचारपछि निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News