कोरोना संक्रमणको आशंकामा चार जना अस्पताल भर्ना




धनगढी, जेठ ४
कोरोना संक्रमणको आशंकामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक दम्पतीसहित चार जनालाई भर्ना गरिएको छ ।

अस्पताल भर्ना हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ५ कि ३० वर्षीय पुरुष र उनकी २९ वर्षीया श्रीमती, वडा नम्बर १३ का ३० वर्षीया पुरुष र कैलारी गाउँपालिका वडा नम्बर १ हसुलियाकी २७ वर्षीया महिला रहेका छन् ।

उनीहरु सबै जनालाई आइसोलेशनमा भर्ना गरिएको अस्पतालमा सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । उनले उनीहरुको कोरोना परीक्षणका लागि थ्रोट स्वावको नमूना संकलन गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News