काेराेना अपडेट: देशभर ९५ हजार ९ सय बढीकाे नमूना परीक्षण



काठमाडौं, जेठ ४
देशरभर ९५ हजार ९ सय २९ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। २८ हजार १ सय ६० जनाको पिसिआर र ६७ हजार ७ सय ६९ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।

उनका अुनसार कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८९ जनाको नमूना परीक्षण भएको छ।

काठमाडौंको गोगंबु, माछापोखरी लगायत स्थानबाट ४ सय जनाको नमूना संकलनका लागि टोली परिचालन गरिएको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा ३५ र बाहिर ३ सय ११ गरी कुल ३ सय ४६ जना अस्पतालको आईसोलेसनमा छन्। मन्त्रालयका अनुसार १८ हजार ३ सय ५७ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या दुई पुगेको छ। कुल संक्रमित २ सय ९२ मध्ये हालसम्म ३६ जना डिस्जार्च भएका छन्। अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News