एम्बुलेन्स कालीगण्डकीमा खस्यो, चालक बेपत्ता



पोखरा, जेठ ४
म्याग्दीमा एम्बुलेन्स कालीगण्डकी नदीमा खसेको छ। मुस्ताङदेखि सुत्केरी लिन पोखरातर्फ अाउने क्रममा एम्बुलेन्स कालीगण्डकी नदीमा खसेको हाे ।

१ झ ३११ नम्बरको एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोट भन्ने ठाउँमा बेनी जोमसोम सडकबाट एक सय मिटर तल कालीगण्डकीमा खसेको हो ।

मुस्ताङको थासाङ गाउँपालिकाबाट पोखरातर्फ आएको एम्बुलेन्सको अवशेष कालीगण्डकीमा देखिए पनि चालक भने बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायक उपरीक्षक डीएसपी किरणजंग कुवँरले एम्बुलेन्स चालक थासाङ गाउँपालिका–४ का सुजन बिक बेपत्ता भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News