चीनमा फेरि भटिदै कोरोना संक्रमित, थालियो रोकथामको नयाँ अभियान




काठमाडौं, जेठ ४
चीनमा कोरोना भाइरस संक्रमित बिरामी फेरि भेटिन थालेका छन् । पछिल्लोपटक थप १७ जना सङ्क्रमित भएका छन् ।

कोरोनाभाइरसको उद्गमस्थल समेत मानिने वुहानमा केही समय यसको सङ्क्रमण रोकिएको बताइए पनि अहिले फेरि सङ्क्रमित भेटिन थालेका हुन् ।

सङ्क्रमित हुनेहरु थपिने क्रम नरोकिएपछि वुहानमा आम परीक्षणलाई अभियानका रुपमा सञ्चालन गरिएको छ ।

सरकारी अधिकारीहरुले अहिलेसम्म उहानका मात्रै झण्डै एक करोड दशलाख मानिसमा कोरोना भाइरसको सङ्क्रमण भए नभएको बारेमा स्वास्थ्य परीक्षण गरिएको छ ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले देशको जिलिन प्रान्तमा पनि शनिबार थप पाँच जना सङ्क्रमित भेटिएको जनाएको छ । उनीहरुमध्ये तीन जनालाई स्थानीय सङ्क्रमण भएको आयोगले जनाएको छ ।

चीनमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कुल संख्या ८२ हजार ९४७ पुगेको छ ।  

स्वास्थ्य अधिकारीहरुका अनुसार कुल सङ्क्रमितमध्ये अहिले पनि उपचाररत अवस्थामा ८६ जना छन् भने अरु ७८ हजार २२७ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।

चीनमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म चार हजार ६३४ जनाको मृत्यु भएको छ ।    

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News