पहाडमा वर्षा र तराईमा अत्याधिक गर्मी बढ्ने




काठमाडौं, जेठ ५
जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका पहाडी भू-भागमा क्षणिक वर्षा हुने तथा मुलुकभर तापक्रम बढेर तराई क्षेत्रमा अत्याधिक गर्मी हुने पूर्वानुमान गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर स्थानीय वायुको प्रभावले पहाडी भू(भागका केही स्थानमा बदली भए पनि बाँकी भू(भागमा मौसम सफा रहने छ ।

दिउँसोसम्म पहाडी भू-भागमा आंशिक बदली भई पहाडी क्षेत्रका केही स्थानमा क्षणिक वर्षा हुने महाशाखाले जनाएको छ । यो क्रम बुधबारसम्म जारी रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News