नेपाल प्रहरीमा महिला इन्सपेक्टर गुरुङसहित चार जना डिएसपीमा बढुवा सिफारीस



काठमाडौं, जेठ ५
नेपाल प्रहरीका चार महिला प्रहरी निरीक्षकहरु डिएसपी बढुवाका लागी सिफारीस भएका छन् ।

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले उनिहरुलाई सोमबार डिएसपीमा बढुवा सिफारीस गरेको हो । बढुवा हुनेमा प्रहरी निरिक्षकहरु शर्मिला गुरुङ, चन्चला श्रेष्ठ, रुपा अ र पुर्णिमाकुमारी चन्द रहेकी छन् ।

चन्द ११ नम्बरमा, गुरुङ १६ नम्बरमा,श्रेष्ठ २१ नम्बरमा र गुरुङ २३ नम्बरमा बढुवा भएकी हुन् । यससंगै नेपाल प्रहरीमा रिक्त ५९ दरबन्दीमा प्रहरी नायब उपरीक्षक (डीएसपी) को बढुवा अघि बढेको हो ।

इन्स्पेक्टरहरु चन्द, गुरुङ, लाबुङ र श्रेष्ठ २०६७ भदौ २४ मा प्रहरी निरिक्षकबाट सिधै नेपाल प्रहरीमा प्रवेश गरेका अधिकृत हुन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News