थप एक जना पत्रकारलाई कोरोना संक्रमण




वीरगन्ज, जेठ ५
नेपालमा थप एक जना पत्रकारलाई कोरोना पुष्टि भएको छ । बाराको एक एफमा कार्यरत पत्रकारमा कोरोना पुष्टि भएको हो ।

बाराको करैयामाईका उनी आज थपिएका ९ जना कोरोना संक्रमित मध्यकै हुन् । स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ ।

यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कुल कोरोना संक्रमित पत्रकारको संख्या पाँच पुगेको छ ।

संक्रमित पत्रकारहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । नेपालभर कोराना संक्रमण पुष्टि भएका व्यक्तिहरूको संख्या तीन सय चार पुगेको छ ।नेपालमा दुई जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News